कालिकोटमा महाबैमा पहिरो जाँदा ६ बालबालिका बेपत्ता

Kalikot pahiro 30

कालीकोट । कालिकोटको महाबैमा पहिरो जाँदा ६ जना बेपत्ता भएका छन् । गएराति गएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जना बालबालिका बेपत्ता भएका हुन् ।

बिहीबार राति रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरी पहिरोमा पुरिएको स्थानीय खेमबहादुर सिंहले बताए ।

उनीहरु सबै तिजको रमाइलो गर्न त्यहाँ जम्मा भएका थिए । घटनास्थलमा स्थानीयले उद्धार गरिरहेका छन् । प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...