बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका बुटवलमा लकडाउन
बुटवल । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने भएको छ । लकडाउनको बेला अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् ।
यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको, सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि समय दिएर बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन खुलेपछि बजारमा मानिसहरुको भिडभाड बढेको र सामान्य सर्तकता समेत नअपनाएको देखिन्छ ।
प्रतिकृया दिनुहोस