दुर्घटनामा हजुर बुवा र नातिनीको मृत्यु

Accident new

सप्तरी । सप्तरीमा भएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको मृत्यु भएको छ । स ७ प ८९३२ नम्बरको मोटरसाइकलमा सवार हजुर बुवा र नातिनीलाई ना ४ च ८४८३ नम्बरको पिकअप भ्यानले पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ६ स्थित कल्याणपुर सडक खण्डमा ठक्कर दिएको हो ।

ठक्करले मोटरसाइकल चालक खडक नगरपालिका ६ कल्याणपुर निवासी ४५ बर्षीय कासीम अन्सारी र उनका ३ बर्षीया नातिनी फरना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले अन्सारीको घट्नास्थलमै र बालिकालाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस