रुकुम घटनामा मारिएका नवराज विकसहितका ६ जनालाई १० लाख दिइने

घाइतेको निःशुल्क उपचार सरकारले नै गर्ने (मन्त्रिपरिषदको निर्णयसहित)

Soti ghatana

काठमाडौं । सरकारले पश्चिम रुकुम चौरजहारीको सोती घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले गते जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतिकी शुष्मा मल्लसँगको प्रेम सम्बन्धका कारण मारिएका नवराज विकसहित ६ जनाका परिवारलाई जनही १० लाख रुपैयाँका दरले आर्थिक सहायता दिने निर्णय गरेको हो ।

उक्त घटनामा जाजरकोट २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाही र पश्चिम रुकुम चौरजहारीका टीकाराम सुनार हत्या भएको थियो । अन्य १२ जना घाइते भएका थिए ।

दलित भनेने समुदायका नवराजले चौरजहारीको मल्ल ठकुरी थरकी केटी लिन जाँदा घटना भएको थियो । संसदीय छानबिन समिति र विभिन्न तहबाट गठित समितिहरुले उक्त घटना जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेका छन् ।

चौरजहारी घटनाका घाइते भएका १२ जनालाई सरकारले निःशुल्क उपचार गरिदिने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

हेर्नुस् मन्त्रिपरिषद्का निर्णय

 

प्रतिकृया दिनुहोस