कोरोना संक्रमितले जन्माएको शिशुको मृत्यु

Death1

बाँकेको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ ।

 रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन् ।

उनको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । 

बच्चाले आमाको पेटमै दिसा गरेकोले अप्रेशन गरी निकालिएको भए पनि दिसा खाइसकेकोले बचाउन नसकिएको उनको भनाइ छ । ‘मिति पुगेर जन्मिएको हो । दिसा खाइसकेको हुनाले बचाउन सकिएन,’ उनले भने ।

महिला प्रसूति हुन भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी थिइन् ।

ज्वरो आएकोले  पीसीआर जाँच गर्दा उनको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई शनिबार लेवल-३ अस्पताल कोहलपुर ल्याइएको थियो ।

बच्चा बचाउन नसकिए पनि हाल आमाको अवस्था भने सामान्य नै रहेको उपनिर्देशक श्रेष्ठले बताए ।

 मृत्यु भएपछि बच्चाको पीसीआर जाँच गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए ।

 महिलाको श्रीमान पनि कोरोना पोजेटिभ छन् । उनी बाँकेमै आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...