एउटै टोलमा १८ जनामा संक्रमण भेटिएपछि कोटेश्वरमा सिल

Koteshwor sil 26

काठमाडौं । सरकारले साउत ८ गते लकडाउन खुलाएपछि देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो दुईसाता यता मृतकको संख्या पनि ह्वात्तै बढेको छ । आइतबार मात्रै काठमार्डौं उपत्यकाभित्र थप ९२ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं महानगरपालिका –३२, कोटेश्वरको असर्फी टोलमा १८ जनामा कोरोना संक्रमण देखिएपछि सिल गरेर नियन्त्रण तथा रोकथामको क्षेत्रमा काम थालिएको छ ।

साउन १८ मा किराना पसलका ४ जनामा कोरोना पुष्टि भएपछि आसपासको क्षेत्रका ४० जनाको परीक्षण गरिएको थियो । त्यसमध्ये थप १३ जनामा कोरोना पुष्टि भएपछि कोटेश्वरको असर्फी टोल सिल गरिएको वडा सदस्य हिरादेवी पोखरेलले जानकारी दिइन् ।

यसअघि संक्रमण रोक्नका लागि काठमाडौंका व्यापारीक केन्द्र न्युरोड, असन, इन्द्रचोक, कोटाल टोल, हाँडीगाउँ, गहना पोखरी क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौंका महाबौद्ध, असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन् ।  कालीमाटी, बागबजार र सामाखुसी उपत्यका बाहिरबाट आएका मानिसको बढी चहलपहल हुने स्थान हुन्  ।

रेड जोनमा परेका स्थानहरु
घट्टेकुलो, पुतलीसडक, बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, सीतापाइला तथा ताल्छीखेलमा कोरोना संक्रमित भेटिएका छन् । बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा पनि संक्रमित पाइएका छन् ।

त्यसैगरी अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्र, बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायत स्थानमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यति मात्रै होइन, वनस्थली, टेकु र टंगाल, बिजुली बजार क्षेत्रका आठ जनामा संक्रमण पुष्टि भएको छ । बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमित फेला परेका छन् । अत्याधिक रुपमा आम मानिसको चाप हुने असनमा संक्रमित फेला परेका छन्  ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...