कोरोना कहर : काठमाडौंको चोक–चोक र गल्ली–गल्लीमा सिल, कहाँ कहाँ छ सिल ?

Kathmandu 22

काठमाडौं । लकडाउन हटेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको पाइएको छ । आइतबार मात्रै काठमार्डाैं उपत्यकाभित्र थप ९२ जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका महाबौद्ध, असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन् ।  कालीमाटी, बागबजार र सामाखुसी उपत्यका बाहिरबाट आएका मानिसको बढी चहलपहल हुने स्थान हुन्  ।

काठमाडौंलाई नै उच्च जोखिमको सूचीमा राखेको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । उनले भने, ‘काठमाडौं उपत्यकामा लक्षणसहितको संक्रमित देखिएकाले सावधानी अपनाउन जरुरी छ ।’

रेड जोनमा परेका स्थानहरु
घट्टेकुलो, पुतलीसडक, बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, सीतापाइला तथा ताल्छीखेलमा कोरोना संक्रमित भेटिएका छन् । बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा पनि संक्रमित पाइएका छन् ।

त्यसैगरी अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्र, बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायत स्थानमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यति मात्रै होइन, वनस्थली, टेकु र टंगाल, बिजुली बजार क्षेत्रका आठ जनामा संक्रमण पुष्टि भएको छ । बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमित फेला परेका छन् । अत्याधिक रुपमा आम मानिसको चापा हुने असनमा संक्रमित फेला परेका छन्  ।

सिल भएका क्षेत्रहरु
संक्रमण रोक्नका लागि काठमाडौंका व्यापारीक केन्द्र न्युरोड, असन, इन्द्रचोक, कोटाल टोल, हाँडीगाउँ, गहना पोखरी क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस