दरौँदी नदीले बगाएर पालुङटारका दुई जना बेपत्ता

Pahiro 3 copy

काठमाडौँ । दरौँदी नदी तर्ने क्रममा बगाएर पालुङटार नगरपालिका १ खुर्पाजुङका दुईजना बालक बेपत्ता भएका छन्। जरेबर भन्ने ठाउँबाट फुटबल खेल्न गएका चार जनामध्य दुई जना खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको स्थानीयबासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

करिब १५ वर्षीय प्रज्वल श्रेष्ठ र करिब १४ वर्षका सबिन श्रेष्ठ बिहिबार दिउसो एकबजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए। प्रज्वल अन्नपूर्ण माविमा कक्षा १० मा पढ्छन् भने सविन शारदा माविमा कक्षा ८ मा पढ्छन्।

स्थानीयबासीले दरौंदी नदीमा खोजी गर्दा नभेटिएको उनका आफन्त सम्झना श्रेष्ठले जानकारी दिइन। दरौँदी नदी तरेका चार जनामध्य दुई जना भने खोला पार गरेका प्रहरीले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...