भारतीय बोर्ड परीक्षामा नेपाली मजदुरकी छोरीले ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण

Partiva

काठमाडौं । रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन् । भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन् ।

उनका भाई प्रतिकले पनि ८९ प्रतिशत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन् । नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए । काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दूरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पसलमा काम पाएका थिए ।

जिरादका पूर्व ग्राम पञ्चायत अरविन्द पाटिल कृष्ण पहिलो पटक कामको खोजिमा भारत जाँदा विवाह समेत नगरेको बताउँछन् । ‘पछि उसले विवाह ग(यो र दुई छोराछोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने भनेर यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ । कृष्णका छोराछोरीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए ।

प्रतिकृया दिनुहोस