राजश्व अनुसन्धान प्रमुख घुससहित पक्राउ

542313

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले राजश्व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय रानालाई नियन्त्रणमा लिएको छ ।

बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत उनलाई घुस वापतको रकम लेनदेन गर्दैगर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा.भीष्मप्रसाद भुसालले जानकारी दिए ।

अख्तियारले सोमबार मात्रै बाके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई ८ लाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस