क्वारेन्टिनमा गार्ड बसेका युवाले आफैमाथि आगो लगाए

Fair123

काठमाडौँ । रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आत्मदाहको प्रयास गरेका छन् । देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आफैलाई आगो लगाएका हुन् ।

मंगलबार बिहान करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले जानकारी दिए । आत्महत्या प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । देवदह नगरपालिकाका प्रमुख खत्रीले राति करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्महत्या प्रयास गरेको जानकारी पाएपनि आफू बाहिर रहेकोले युवाको अवस्थाबारे बुझ्न अहिले अस्पताल जाँदै गरेको बताए ।

देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा काम गर्दै आएका थिए । उनले किन आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस