स्रोत नखुलेको तीन लाख रकमसहित दुई कर्मचारी पक्राउ

Ghush pakrau

काठमाडौँ । स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट आज पक्राउ गरेको छ ।

राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा २ झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

स्रोत नखुलेको रकम रु तीन लाख ४८ हजार र विभिन्न मितिको बैंक भौचर रु पाँच लाख ५० हजार गरी कूल जम्मा रु आठ  लाख ९८ हजार रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...