भेला र बैठक नगर्न प्रशासनको निर्देशन

940x img 2186

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो ।

जिल्लामा केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य सङ्घसंस्थाले बैठक तथा भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न  भनेको छ ।

निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।  चितवनका सातवटै स्थानीय तह, जिल्ला सहकारी सङ्घ, शिक्षा विकास तथा समन्वय एकाइ र विभिन्न सङ्घसंस्थालाई प्रशासनले सूचना पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...