सिन्धुपाल्चोक पहिरो अपडेट : ५ जनाको भेटियो शव, २ जनाको पहिचान खुल्न बाँकी

Melamchi pahiro 19

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरु मध्ये पाँच जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका थिए । उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएपछि पुरिएका मध्ये एक जना जिवितै रहेको र अन्य ७ जना बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएकामध्ये वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ । उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् ।

प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन् । भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...