‘इनफ इज इनफ’का अभियानकर्मीसँग वरिष्ठ नेता पौडेलको भेट

2

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानकर्मी ‘ई’ सँग भेट गरेका छन् ।

भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताउँदै सरकारको हेलचेक्र्यााइँ कार्यका विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानमा आफू र आफ्नो पार्टीको साथ रहेको धारणा व्यक्त गरे ।

उनले कोरोना भाइरस सङ्क्रमणको पिसीआर परीक्षण दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै अनशन बस्दा पनि नसुन्ने सरकार अटेरी सरकार भएको टिप्पणी गरे ।

साथै उनले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले आवश्यक ध्यान नदिएकोप्रति आपत्तिसमेत जनाए । अभियानकर्मी ‘ई’ गत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । यसअघि उहाँ पहिलो पटक ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...