विद्यालय नियमित गराउन स्यानिटरी प्याड

1030309565sanitary pads health

काठमाडौँ । खार्पुनाथ गाउँपालिकाले १० विद्यालयलाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई पाँच हजार ५०० थान प्याड वितरण गरिने भएको हो ।

कक्षा ६ देखि १२ सम्मका करिब एक हजार ३०० छात्रालाई प्याड वितरण गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकारी भीमबहादुर थापाले जानकारी दिए ।  थापाका अनुसार हिजो र आज गरेर नेपालगञ्जबाट पाँच हजार ५०० थान प्याड सिमकोट पुगेलगत्तै गाउँपालिकामा लिएर वितरण गरिने भएको छ ।

विद्यालयमा अध्ययनरत छात्रा महिनावारीका अवस्थामा कक्षामा नियमित उपस्थित हुन कठिनाइ भएकाले सो कार्यक्रम लागू गरिएको थापाले जानकारी दिए । सोही गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षिकालाई पनि प्याड वितरण वितरण गरिने भएको छ ।

प्याड वितरणवाट विद्यालयमा अध्ययनरत छात्राको कक्षा नियमित भई अध्ययनअध्यापनमा सहजता हुने छ । जिल्लाका किशोरी महिनावारीका समयमा विद्यालय जान लजाउने भएका कारण पनि गाउँपालिकाले सो कार्यक्रम लागू गरेको हो । पाँच हजार ५०० स्यानिटरी प्याडको मूल्य रु तीन लाख परेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...