कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिका तीन दिनको लागि बन्द

Corona

काठमाडौँ । आँबुखैरेनी गाउँपालिकाका मुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण देखिएपछि उक्त गाउँपालिका तीन दिनको लागि बन्द गरिएको छ ।

सासू आमा बिरामी भएकाले सहिद गंगालाल राष्ट्रिय हृदयरोग गएका उनी कार्यालय फर्केपछि स्वाब संकलन गरिएको थियो । फर्केलगत्तै उनमा अस्वस्थता देखिएपछि कोरोना पोजिटिभको आशंकामा स्वाब संकलन गरिएको बताइएको छ ।

उनीसँगै क्वारेन्टाइनमा रहेका  आठजनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा अरुको नेगेटिभ नतिजा आएको थियो । प्रमुख प्रशासकीयको कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिका र वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको प्रवक्ता कटकबहादुर थापाले बताए ।

कर्मचारी र जनप्रतिनिधिसहित दुई दर्जनको स्वाब संकलन कार्यालयका प्रमुखमा संक्रमण देखिएकाले उनको सम्पर्कमा आएका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको पहिचान गरी स्वाब संकलन थालिएको छ ।  गाउँपालिकाले कार्यालय बन्द गर्ने सूचना जारी गरेपछि कार्यालय बन्द भएपनि बजार भने खुलेका छन् ।  
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...