गाउँपालिकाका अध्यक्ष कठायतले दिउँसै नसा पिएर ७० वर्षीय वृद्धलाई झम्टिएपछि...(भिडियोसहित)

Karan

काठमाडौं । बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष हुन् कर्ण कठायत । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पनि हुन् । कठायत स्थानीय तहको चुनावबाट तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष कठायत पटकपटक बिवादमा तानिएका छन् । उनी कहिले मदिरा पिएर लठ्ठ परेको अवस्थामा भेटिएर विवादमा तानिएका छन् भने कहिले भ्रष्टाचारको आरोपमा पनि तानिने गरेका छन् ।

अध्यक्ष कठायतलाई २०७५ असार १५ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालोमोसोसमेत दलेको थियो । पटकपटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको नेकपाले जनाएको थियो । तर अहिले पनि व्यवहार भने उस्तै पाएको छ ।

उनी नेपाली कांग्रेस र नेत्र बिक्रम चन्द ‘विप्लव’ का कार्यकर्तालाई धम्की अथवा थर्काउने र गाली अश्लिल शब्द प्रयोग गर्न माहिर मानिन्छन् ।

मदिरा सेवन गरी मष्टा गाँउपालिका वडा नं. २ का स्थानीय ७० वर्षीय पिरु रोकायालाई अश्लिल शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएको छ, जुन भिडियोमा उनले निक्कै तुच्छ शब्द प्रयोग गरेका छन् ।

‘तेरो बा हु म, मु...। त मेरो बा हैनस् कि म तेरो बा हुँ । तैले भोटै दिईनस् । त्यो बाटो तेरी आमाको दाईजो हो । मेरो हो राजा हु राजा के र्गछस्’ जस्ता शब्द प्रयोग गर्दै गाली गरेको प्रश्ट सुन्न सकिन्छ ।

उनले ती वृद्धलाई कुटपिट गर्ने उदेश्यले पटकपटक झम्टिएका छन् । अश्लिल गाली गरेका छन् । कुटपिटको प्रयास गर्दा स्थानीयले छुट्याएको प्रष्ट देखिन्छ ।

अध्यक्ष कठायतको यो पहिलो घटना भने होईन । उनले बेला बेलामा यस्ता हर्कत गर्ने गरेका छन् । केहि महिनाअघि मात्र मष्टा गाउँपालिकाका वडा नं. ७ स्थायी घर भई हाल काठमाडौंमा अध्ययनरत विद्यार्थी संजय बोहराले सहयोग अथवा उद्दारका लागि फोन गरेका थिए ।

अध्यक्ष कठायत मदिराले मातिएको अबस्थामा फोनमा अश्लिल शब्द बोलेको अडियो सार्वजनिक भएको थियो । बोहरालाई फोनमा अश्लिल शब्द प्रयोग गर्दै गाउँपालिकाका अध्यक्ष कठायतले ‘ठूला ठूला सेटहरु तेतै छन् । हामी कम्युनिस्ट हौँ, कांग्रेस होइनउ यार’ समेत भनेका थिए ।

के छ कानुनमा ?
परिच्छेद –२ गाली बेइज्जती सम्बन्धी कसूरको मुलुकी अपराध संहिता, २०७४ को ३०५ मा कसैले कसैलाई गाली गर्न हुँदैन भनिएको छ । उपदफा (१) को ‘प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ’ भनिएको छ ।

‘अरुको इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तोे व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार गरेमा कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना हुनेछ । मुलुकी अपराध संहिता, २०७४ लाई मान्ने हो भने अध्यक्ष कठायतलाई यी माथिका कुनै पनि सजाय हुनसक्छ । तर पहुँचकै भरमा यी सबै कानुनहरु नका लागि सामान्य बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...