वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

Death corona

काठमाडौँ । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा हालसम्म ११ जनाको संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ ।

शुक्रबार वीरगञ्जको बयोद्धा अस्पतालमा मृत्यु भएकी बीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।

वयोद्धा अस्पतालमा उपचार गराईरहेकी ती महिलाको ज्युदै रहेको बेला स्वाब संकलन गरि नारायणी अस्पतालमा परिक्षणको लागि पठाइएको थियो ।

मुटु र उच्च रक्तचापको बिरामी रहेकी महिलालाई अस्पतालको आईसियुमा भर्ना गरि उपचार गर्नेक्रममा मृत्यु भएको हो । उनी गत साउन १४ गते उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार शुक्रबार राति आएको ६४ जनाको पोजेटिभ रिपोर्टमा मृतक महिलाको पनि रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि गत बुधबार दुई जना र बिहीबार रमति तीनजनाको एकैदिन कोरोना संक्रमणका कारण वीरगञ्जमा मृत्यु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...