निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण : एसपी बिष्टसहितले पाए सफाई

Nirmila panta murder case

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानका क्रममा प्रमाण लुकाएको विषयमा मुद्दा झेलिरहेका एसपी डिल्लीराज विष्टसहितका प्रहरीलाई अदालतले सफाइ दिएको छ ।

निर्मलाकी आमा दुर्गा देवी पन्तले निर्मलाको बलात्कारपछि हत्या भएपछि एसपी विष्टसहितका प्रहरी विरुद्ध प्रमाण नष्ट गरेको आरोपमा उजुरी दिएकी थिइन् ।

बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाको इजलासले घटना अनुसन्धान गरेका एसपी डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। विष्ट तत्कालीन कञ्चनपुर प्रहरी कार्यालयका एसपी थिए ।

मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट र इन्सपेक्टर जगदिश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएका थिए ।

निर्मलाकी आमाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयको कञ्चनपुरको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो । जिल्ला अदालत कन्चनपुरका श्रेष्तेदार यदुराज शर्माले उनीहरुलाई आज अदालतले सफाइ दिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...