बेलका नगरपालिकाकी उपप्रमुख चौधरी भन्छिन्, पार्टीलाई पद बुझाएर जनतासँग माफी माग्छु

Rajkumari chaudhary

उदयपुर । विचार र पार्टी नमिल्दा त स्थानीय तहका काम गर्न असहज भएको प्रसस्तै पाइन्छ । तर, एउटै पार्टीकाट निर्वाचित जनप्रतिनिधिहरुले चाँही जतिसुकै समस्या भएपनि पार्टीभित्रैबाट हल गर्न खोज्छन् । तर उदयपुरको वेलका नगरपालिकामा चाँही मेयर र उपमेयरबीच समन्वय नहुँदा उपमेयर राजीनामा दिने मोडमा पुगेकी छन् ।

यतिसम्मकी नगर प्रमुख र कर्मचारीसँगको मतभेदका कारण बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले राजीनामा दिने तयारी गरेकी छन् । आफ्नै पार्टीबाट निर्वाचित नगर प्रमुख र नगरपालिकाभित्र भ्रष्टाचार, बेथिति, मनलाग्दी बढेको भन्दै उनले राजीनामा दिने बताएकी हुन् ।

डेढ वर्षदेखि आफूले उठाउँदै आएका कतिपय विषय, पार्टीको नगर सचिवालय बैठकका निर्णय नगर प्रमुख दुर्गाकुमार थापाले नमानेको उनले बताइन् ।

‘न्यायिक समितिको प्रमुख भएर पनि म डेढ वर्षदेखि नगरपालिकाभित्रै अपमानित भएर बस्न बाध्य छु’, उनले भनिन्, ‘कर्मचारी, प्रहरी प्रशासन सबै मेयरले भनेको मात्र मान्ने, मैले भनेको केही नमान्ने हो भने मेरो औचित्य के रह्यो ?’

नगरपालिका उपप्रमुख पद पार्टीलाई जिम्मा लगाएर जनतासँग माफी माग्ने निष्कर्षमा पुगेको उनले बताइन् । उनले सामाजिक सञ्जालमै आफ्नो असन्तुष्टी पोख्दै आफ्नो पद पार्टीलाई बुझाएर जनता समक्ष माफी माग्न चाहेको बताएकी छन् ।

 

 

‘हिनामिनासहितका कतिपय फाइल मैले लामो समयसम्म अड्काइदिएँ, मलाई अनेक खालका दबाब दिएर ती फाइल पास गराइएका छन् । भोलि भ्रष्टाचारमा म फस्दिनँ भन्ने के ग्यारेन्टी छ ? यो कुरा मैले पार्टीमा पनि राखेकी छु’, उनले भनिन्, ‘अब पार्टीले यसबारेमा के बोल्छ, त्यो हेरेर थप कदम चाल्छु ।’

नगरपालिकाभित्र भएका अनियमितता र मनलाग्दीका प्रमाण आफूसँग भएको उनले दाबी गरिन् । ‘नगरपालिकामा के–के भयो र भइरहेको छ, प्रमाण मसँग छ । स्काभेटर किन्दा १२ लाख भ्रष्टाचार भएको छ’, उनले आरोप लगाइन् ।

नगर प्रमुख थापाले भने आफू विधि र पद्धतिमा विश्वास गर्ने व्यक्ति भएको भन्दै आरोपहरू निराधार रहेको बताएका छन् ।उनले आफूले नियमविपरीत कुनै पनि काम नगरेको र कसैले अनियमितताको प्रमाण लिएर आउँछ भने सजायको भागिदार हुन तयार रहेको बताए ।

बेलका नगरपालिका उदयपुरको पूर्व क्षेत्रमा रहेको नगरपालिका हो । नगरपालिकाका प्रमुख थापा र उपप्रमुख चौधरी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...