कांग्रेस आमन्त्रित सदस्य विष्टलाई साधारण सदस्यताबाट समेत हटाइयो

Aananda bist mukti kharel

न्युयोर्क (अमेरिका) । नेपाली कांग्रेसको भात्रृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य गोरख विष्ट (आनन्द) र पूर्व केन्द्रिय सदस्य बेद खरेललाई साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको छ ।

मुक्तिनाथ पन्त संयोजक रहेको नेपाली जनसम्पर्क समितिको अनुशासन समिति विष्ट र खरेलले संस्थाको हित विपरित कार्य गरेको भन्दै २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न स्पष्टिकरण सोधेको थियो । तर दुबैले स्पष्टिकरण नदिएपछि साधारण सदस्यतासमेत नरहनेगरी कारवाही गरिएको अनुषासन विभाग प्रमुख पन्तले जानकारी दिए ।

‘विधान बमोजिम विधान बमोजिम रिक्त भइसकेको पदमा आफू अझैं पनि कायम रहेको अर्नगल प्रचार गरी विधिवत रूपमा धनन्जयनरिसंह केसीज्यूको नेतृत्वमा निर्वाचित कार्य समितिको बर्खिलाप हुनेगरी तपाईंले क्रियाकलाप जारी राखेको र संस्था विरोधी गतिविधिमा संलग्न भएकोले के कति कारणले त्यसो गर्नुभएको हो ? सोको स्पष्टीकरण २४ घण्टाभित्र केन्द्रीय अनुशासन समितिमा बुझाउनु हुन यो पत्र लेखिएको छ’ विष्टलाई अनुशासन समितिले यसरी प्रश्न सोधेको थियो ।

तर विष्टले तोकिएको समयमा लिखित वा मौखिक कुनै पनि स्पष्टीकरण नदिएपछि साधारण सदस्यतासमेत नरहनेगरी कारवाही गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति प्रमुख गोविन्द भट्टराईलाई पठाइएको पत्रमा भनिएको छ, ‘विष्ट र खरेलले पार्टी र संगठनको हित विपरित काम गरेको र समितिले २४ घण्टाको स्पष्टिकरण सोधे पनि जवाफ नदिएपछि हटाइएको छ ।’

त्यसैगरी प्रचार विभाग प्रमुख अनन्त सुवेदीका अनुसार संगठन विभाग प्रमुख बेदप्रसाद खरेललाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएकोमा स्पष्टिकरण नदिएपछि कारवाही गरिएको छ ।

खरेललाई सोधिएको स्पष्टीकरणमा जनसम्पर्क समितिमा ‘कार्य समितिको केन्द्रिय सदस्य आङछिरिङ शेर्पालाई संगठन विभागको जिम्मेदारी दिई सकेको जानकारी हुँदाहुँदै तपाईंले के कति कारणले संगठन विभागको नाममा विभिन्न ठाऊमा पत्राचार गरी संगठनको मूल्य र मान्यता विपरीत काम गर्नुभएको हो ? सो को स्पष्टीकरण २४ घण्टाभित्र केन्द्रीय अनुशासन समितिमा बुझाउनु हुन यो पत्र लेखिएको छ’ भनिएको थियो ।

२००७ मा भएको प्रथम अधिवेशन सकिएलगत्तै विष्ट सभापति रहेको बिद्रोही जनसम्पर्क समिति बनाएका थिए । यो समितिले हालसम्म कुनै बैठक गरेको छैन । बिष्टले आफ्नो मात्र नाममा बैक खाता चलाई आजसम्मको हरहिसावसमेत गोप्य राखेको आरोप लाग्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज भदौ ३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् आज यस्तो छ तपाईको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्र...