विप्लवको सैन्य विभाग प्रमुख मोरङको उर्लावारीबाट पक्राउ

Biplav news 30

विराटनगर । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सैन्य विभाग प्रमुखलाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार मोरङको उर्लाबारी नगरपालिका–३ बाट विप्लव नेकपाको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरा पक्राउ गरेको हो ।

बोहराको साथबाट कटुवा पेस्तोल एक थान, तीन राउन्ड गोली र सकेट बमका साथमा बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद गरेको छ ।

प्रहरीले उनका साथबाट पूर्व लडाकु लेखिएको एक थान छाप, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुईवटा सीमकार्ड, एउटा मोबाइल, कम्प्युटरको हाडडिक्स, चारवटा डाटा केवुल लगायतका सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बोहरालाई पक्राउ गरेको पुष्टि गरे ।

प्रतिकृया दिनुहोस