कर्णाली प्रदेशका कांग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण

1594723142

काठमाडौँ । कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता त कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ ।

दुई दिनअघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका हुन् ।

शाहीलाई कोरोना संक्रमण देखिएसँगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको पनि कारोना परीक्षण हुने भएको छ । संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा पनि उपस्थित हुने गरेका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जबरजस्ती करणी आरोपमा पक्राउ परेका ती युवामा संक्रमण देखिएपछि हिरासतकक्ष सिल गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवा हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए । थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेशअनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो । २६ गतेको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि हिरासत कक्ष सिल गरिएको हो ।

उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा आएका १४ जना प्रहरी, ६ जना थुनुवा र उनीहरुका ३ जना आफन्तको स्वाब संकलन गरी गरिएको परीक्षणमा पनि दुई प्रहरीमा संक्रमण देखिएको छ ।



   

प्रतिकृया दिनुहोस