घर भाडा छुट गर्ने पत्रकार महासंघ धनकुटाका अध्यक्षसहित ७३ जना सम्मानित

Rajeswor shresth

धनकुटा । लकडाउनका बेला आफ्नो घरमा बस्ने डेरावाललाई घर भाडा मिनाहा गर्ने नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठसहित धनकुटा बजारका ७३ जना समाजसेवीलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।

संघले लकडाउनका कारण समस्यामा परेका र आफ्नो घरमा बसी व्यवसाय सञ्चालन गर्दै आएकाहरुलाई डेरा भाडा छुट गर्ने महासंघका अध्यक्ष नेवा दे दबुका केन्द्रिय उपाध्यक्ष तथा धनकुटा जिल्ला अध्यक्ष नविन किशोर शाक्य, सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका उपाध्यक्ष सत्य नारायण श्रेष्ठलगायत धनकुटा बजारका ७३ जना समाजसेवीहरुलाई शनिबार दोसल्ला तथा खादा ओढाएर टिका लगाई दिई सम्मान गरेको हो ।

कोभिड १९ का कारण संकटमा परेर व्यवसाय पनि सञ्चालन नभएको र घर भाडा तिर्न समस्या परेपछि संघले धनकुटाका बजारवासीलाई घर भाडा छुट गर्न आग्रह गरेको थियो ।

संघको आग्रहपछि छुट गर्ने क्रम बढेको संघका अध्यष विजय सन्तोषी राईले बताए । उनले घर भाडा छुट गर्न बाँकी घरधनीहरुलाई पनि घर भाडा छुट गरी संकटमा सहयोग गर्न आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...