सरकारी कार्यालय भित्र रक्सी खाएर नाच्दै डाक्टरहरु

D

देश कोरोना कहरमा थिलथिलिएको विषम परिस्थितिमा सरकारले घोषितरूपमै अनावश्यक खर्च कटौती गर्न निर्देशन दिएको समयमानै सरकारी कर्मचारी भने कार्यालयमै मदिरा सहित नाचगानमा मस्ती गरिरहेको पाइएको छ । आर्थिक वर्ष सकिन केहिदिनमा मात्र बाँकी रहेको अवसरमा आज ललितपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सभाहलमा मदिरा सहितको विषेश भोज आयोजना गरिएको भिडियो प्राप्त भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा असार मसान्तको समापन भोज आयोजना गरिएको हो । कार्यालयका प्रमुख डा. नारायण बहादुर श्रेष्ठले आयोजना गरेको भोजमा बुढानीलकण्ठ नगरपालिकाका पशु सेवा शाखाका काजी बहादुर श्रेष्ठ ,कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. अर्जुन पण्डित समेतलाई भिडियोमा देख्न सकिन्छ । विज्ञ केन्द्रका कार्यलयका सहयोगीले नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार सिसाको गिलासमा बियर भरेर पिएका थिए । केही समयको मदिरापान पछि कार्यालय प्रमुख श्रेष्ठकै आग्रहमा नाच्नको लागी डा. राम प्रसाद प्रधानको टोली तयार भएका थिए ।

विज्ञ केन्द्रको हलमा मदिरा सहित दिउसै नाचगानमा कर्मचारी मस्त भएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत सेयर गरिएको छ ।
सरकारी कार्यलयमै कर्मचारी मदिरामा नाँचगान गरिरहेको प्रत्क्ष्य हेरिरहेका कार्यालय प्रमुख डा. नारायण बहादुर श्रेष्ठ सँग भेट खबरले सम्पर्क गर्दा उनले कार्यक्रम भएको र साथीहरुले मदिरा सेवन गरेको सत्य भएपनि आफुले भने नपिएको बताएका छन् ।

सोही भोजमा सहभागी बुढानीलकण्ठ नगरपालिकाका पशु सेवा शाखाका काजी बहादुर श्रेष्ठ संग भेट खबरले टेलिफोन गर्दा नसाकै सुरमा कार्यक्रम भएको र उक्त कार्यक्रममा कार्यालय प्रमुख डा.नारायण बहादुर श्रेष्ठ लगाएत आफुहरुले वियर र ह्स्किी सेवन गरेको स्वीकारेका छन् । भेट खबरमा समाचार छ !

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...