माछा मार्ने क्रममा विवाद हुँदा एक महिलाको मृत्यु

Death body

काठमाडौँ । सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको विवादमा आज एक महिलाको मृत्यु भएको छ ।

वर्षामा पानी भरिएर पोखरीबाट बाहिर निक्लिएको माछा लिएको विषयमा भएको विवादपछि कुटपिट हुँदा स्थानीय मेनेजर मण्डलकी श्रीमती ५२ वर्षीया मानशेरदेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पोखरीबाट बगेर बाहिर छट्पटिरहेको माछा लिएको विषयमा जथाभावी गालीगलौज गर्दै आरोपितहरुले बाँसको भाटाले प्रहार गरेको मृतकका श्रीमान् मण्डलले बताए । कुटपिटमा घाइते २५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचारपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको स्थानीय शत्रुघ्न मण्डलले जानकारी दिए ।

कुटपिटबाट हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय कारी साह, ४० वर्षीय वीरेन्द्र साह, ६० वर्षीय रामप्रसाद साह, ३२ वर्षीय धनवीर साह र १६ वर्षीय सुनिल साहलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी गम्हरिया प्रवाहबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपितहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए ।

कुटपिटमा संलग्न अन्य फरार रहेका चार जनाको खोजी भइरहेको प्रहरीले जनाइएको छ । शव परीक्षणका लागि राजविराज ल्याइएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...