बाढीले क्षति पुर्याएको अवलोकन गर्न अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवनमा

107733707 1663810873797103 1460747128978165864 n

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन पुगेका छन् । चितवन पुगेका उनले नारायणी नदीले कटान गरेको मेघौली क्षेत्रको निरिक्षण गरेका छन् ।

शनिबार दिउँसो बाढी पहिरो र कटानका बारेमा जानकारी लिन गृहजिल्ला पुगेका उनले भरतपुर महानगरपालिका २७ मा नारायणी गरेको कटानको निरीक्षण गरेका हुन्। सोही क्रममा उनले स्थानीयसँग कुरा गर्दै उनले  कटान भएको क्षेत्रमा तत्काल तटबन्द गराउने बताएका  छन् ।

उनले देशभर बाढी पहिरो र कटानले ठूलो क्षति पुर्याएको भन्दै  सर्तक रहन सबैलाई आग्रह गरेका छन् । उनले आगामी वर्षको बजेटबाट दिर्घकालिन योजनाका साथ तटबन्धनका काम हुने प्रतिबद्धता समेत जनाएका छन् ।

यस विषयमा चितवन जानुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र काठमाडौं फर्किएपछि पुनः छलफल हुने बताएका छन् ।
 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...