साउन १ गतेदेखि साझा यातायातले छोटो दुरीको सेवा सञ्चालन गर्ने

Sajha yatayat 1mb6aibykt

काठमाडौँ । साझा यातायातले साउन १ गतेदेखि  आफ्नो सेवा सुरु गर्ने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले  शनिबार ट्वीट गर्दै छोटो दुरीमा बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।

सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोकको मापदण्ड अनुसार बस चलाउन लागेको हो । साझाले चार महिनादेखि बन्द रहेका गाडी चलाउनका लागि साझाले अहिले मर्मतको काम गरिरहेको छ ।

सरकारले बिहीबार छोटो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । सार्वजनिक यातायातले ५० प्रतिशत सिट क्षमतामा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने सरकारले जनाएको छ ।

यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले भने तत्काल बस सेवा सुरु नगर्ने घोषणा गरिसकेका छन् । उनीहरुले बैंकको किस्ता, स्वास्थ्य बीमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...