नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) द्धारा राउटे समुदायमा राहत वितरण

Raute rahat

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले विपतमा परेका नेपालीलाई एकसातादेखि राहत दिइरहेका छ । बिहीबार मात्रै दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. १ र ५ मा ५३ परिवारलाई राहत विरतण गरेको छ ।

राउटे जाति नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्ये एक हो । जुन समुदायले अहिलेसम्म व्यक्तिगत धन सम्पत्ति केही जोडेको छैन । उनीहरु आफुलाई जंगलका राजा ठान्ने गर्छन् । उनीहरु नेपालका आदिवासी समुदायहरूमध्ये एक हुन् ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीबाट समेत बञ्चित रहेको राउनटे समुदायलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आर्थिक सहयोगमा खाद्यन्न र टेन्ट वितरण गरिएको छ । फिप्नाले ५३ घर राउटे परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल र १ प्याकेट नुन वितरण गरेको छ ।

फिप्नाले सिरहाको कल्याणपुर नगरपालिका वडा नं. १ का ६० घर मुसहर समुदायलाई राहत वितरण गरिसकेको छ भने धनकुटाको लेउती कोरिडोरका ६५ मजदुर परिवारराहत वितरण गरेको छ । फिप्नाले मकवानपुरको राक्सिराँङ गाउँपालिका वडा नं. ५ मा पनि राहत वितरण गरेको छ ।

फिप्नाले सुनसरीको मधुवन कोशी टप्पु, कोशी गाउपालिकाका ४० परिवार मजदुरहरूलाई र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्न राहत वितरण गर्ने जनाएको छ । फिप्नाले उपत्यकामा प्रत्येक दिन ३ सय जनालाई खाना वितरण गरिरहेको र उपत्यकामा रहेका घरवार विहीनहरुलाई २० वटा त्रिपाल वितरण गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाडौंको समन्वयमा स्थानीय गाउँपालिका, स्थानीय संघसंस्थाहरू, नेफिन शाखाहरू, फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसँगको सहकार्यमा राहत तथा खाद्यन्न सहयोग गरेको अध्यक्ष चेम्जोङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...