आज पनि देशका यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन मौसमविदको आग्रह

Mansoon

काठमाडौँ । आज (शनिबार) पनि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अहिले ठूलो पानी परिरहेको छ । त्यस्तै कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि ठूलो पानी परिरहेको महाशाखाले जनाएको छ ।

आज प्रदेश ५ को पश्चिम राप्तीमा ठूलो पानी परेसँगै बाढी आउने सम्भावना रहेकोले सतर्क रहन महाशाखाका मौसमविद निराजन सापकोटाले आग्रह गरे । यस्तै वाग्मती नदीमा पनि पानीको सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशका केही भुभागमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

आज कर्णाली प्रदेश र प्रदेश १ का केही ठाउँमा चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन पश्चिमी भेगमा भोलिसम्म र मध्य तथा पूर्वी क्षेत्रमा भने अझै ३ देखि ४ दिनसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षा हुने ठाउँमा बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...