देशभर भारी वर्षा हुने, आइतबारसम्म जोखिम क्षेत्रमा नबस्न गृहको आग्रह

Rain

काठमाडौं । मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिन देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।

अहिले नारायणी नदीमा उच्च बहाब देखिएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कष्ट सहेरै भए पनि आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान आग्रह गरेका छन् ।

‘उनले भने, ‘बरु कष्ट सहनुस् तर जोखिम क्षेत्रमा नबस्नुस् ।’ अहिले भेलपहिरो बढी आउने पाइएको र विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान आग्रह गर्दै तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन उनले भने ।

३० हजारभन्दा बढीलाई सतर्कताका लागि मोबाइल सन्देश पठाइएको पनि प्राधिकरणले जनाएको छ । यसअघि नै परेको पानीले जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...