आइतबारदेखि अन्तर्राष्ट्रिय चार्टर उडानबाट नेपालीको उद्धार रोकिने, औषधिजन्य कार्गो उडान कायम रहने

Hwai sewa

काठमाडौं । लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको अब उद्धार नहुने भएको छ । विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ ।

आइतबार हुने अन्तिम उडानमा नेपाल वायुसेवा निगमले एउटा उडान नारिता र अर्को दुबईबाट काठमाडौं फर्किने तालिका छ भने हिमालयले क्‍वालालम्पुरका लागि एउटा उडान राखेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने जनाएको छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसयता असार २८ सम्म कम्तीमा ४ पटक उद्धार उडानको तालिकाको समय थपिएको थियो ।

पछिल्लोपटक उद्धार उडानमा संलग्‍न दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्‍न हुने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै तत्कालका लागि विदेशमा रहेका नेपालीलाई उद्धार नगर्ने निश्चित गरेको हो ।

सरकारले जेठ अन्तिममा नेपालीलाई उद्धार गरिने मुलुकहरुमा दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, पाकिस्तान, कुवेत, साउदी अरब, बहराइन, दुबई, कतार, इजरायल, मस्कट, साइप्रस, संयुक्त राज्य अमेरिका, नाइजेरिया, युगान्डा तथा युरोपको सूची सार्वजनिक गरेको थियो ।

बुधबारसम्म भएका १ सय ४३ वटा उद्धार उडानबाट २२ हजार ३ सय ६९ नेपाली काठमाडौं आइपुगेका छन् । जसमा कुवेतबाट ४७ सय, यूएईबाट ४१ सय, साउदी अरेबियाबाट ३२ सय, कतारबाट २७ सय, मेलेसियाबाट २४ सय, बहराइनबाट ५ सय गरी २२ वटा मुलुकबाट नेपाली ल्याइएको थियो ।

विदेशबाट सबैभन्दा बढी वाग्मती प्रदेशका ६६ सय आएका थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ४ सय ८८ थिए । यो अवधिमा २२ वटा मुलुकबाट नेपाली ल्याइएको छ ।

कुनै मुलुकमा उद्धार नगरी नहुने भएमा विशेष अनुमति दिइने नत्र कुनै पनि प्रकारका अन्तर्राष्ट्रिय चार्टर उडान नहुने नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले बताए । तर, औषधिजन्य कार्गो उडानलाई भने अनुमती नरोकिइने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...