सिन्धुपाल्चोक पहिलो अपडेट : २ मृतक र वेपत्ता १८ जनाकै खुल्यो पहिचान (नामसहित)

Sindhupalchok pahiro

सिन्धुपाल्चोक । लगातार वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ । भने १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका–५ जम्बुको पहिरोमा परी मृत्यु भएका दुई जनाको पहिचान भएको छ भने वेपत्ताहरुको पनि पहिचान भएको छ ।

बुधबार राति गएको पहिरोमा परी २५ वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको छ । पहिरोमा बेपत्ता हुनेमा बाह्रबीसेका भीमबहादुर वाइबा, चिनिमाया वाइबा, लीलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमा डोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा र सविना तामाङ रहेका छन् ।

हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेश तामाङ, सलिना तामाङ, भोटेकोसी गाउँपालिकाका वुर्कुटेका निमादोर्जे तामङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङसमेत बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पहिरोले ११ वटा घर बगाएको छ । बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । अहिले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...