भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ जना वेपत्ता, दर्जनौँ घर बगे

Votekosi

सिन्धुपाल्चोक । लगातार वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घर बगाएको र दर्जन बढीको मानबिय क्षति भएको आशंका गरिएको छ ।

अहिले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको जनाएको छ । थप विवरण आउन भने बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...