भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुग्यो

Corona virus 14

काठमाडौँ । भारतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै ४९१ जनाको मृत्यु भएको छ । यससँगै, मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ । एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी कोरोना संक्रमित मुलुक हो । भारतमा हालसम्म संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुगेको छ । यस्तै, संक्रमितमध्ये ४ लाख ७६ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस