कान्तिपुर टेलिभिजनका सन्दिप क्षेत्रीसहित ४ जनाविरुद्ध कसले किन दियो जाहेरी ? यस्तो छ कारण

Sady

काठमाडौं । कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी परेको छ ।

क्षेत्रीले सार्वजनिक शान्ति खलल पुर्याएको भन्दै पर्साको छिपहरमाइका ३५ वर्षीय अशोक कुशवाहले मंगलबार उनीविरुद्ध उजुरी दिएका हुन् ।

क्षेत्रीसहित कार्यकारी कार्यक्रम उत्पादक तर्फका सुरज सिंह ठकुरी, प्रमुख सम्पादक समाचार तथा समसामयीक प्रशान्त अर्याल, कान्तिपुर मिडिया गुप्रका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर मिडिया गुप्रका निर्देशक स्वस्तिका सिरोहियाविरुद्ध पनि उजुरी परेको छ ।

असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारण भएको whats the flop कार्यक्रमले सार्वजनिक हित, सामाजिक सद्भाव, नैतिकताविरुद्ध रहेको जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पेश गरेको जाहेरी

सन्दीप क्षेत्री विरुद्ध उजुरी

 श्री जिल्ला प्रहरी कार्यालय, पर्सामा पेश गरेको

जाहेरी दरखास्त

१. जाहेरी दरखास्त वा सूचना दिने ब्यक्तिको नाम, थर र ठेगाना (टोल सहित) फोन नम्बरः– (१) पर्सा जिल्ला छिपहरमाई गा.पा वडा नं ५ घर भई हाल बिरगँज महानगरपालिका वडा नं. १३ बस्ने बर्ष ३५ का अशोक कुमार कुशवाहा फोन नं. ९८०२७२८९३८...........(२)............(३).......

२. कुन कानून वा मुद्दाबारे दरखास्त वा सूचना गरेको होः सार्वजनिक शान्ति खलल पार्ने सम्बन्धि कसुर ।
३. कसूर गर्ने ब्यक्तिको नाम, थर र ठेगाना (टोल सहित): कान्तिपुर टेलिभिजन, सुबिधानगर , तीनकुने,
काठमाडौं का कार्यक्रमा प्रस्तोता सन्दिप क्षेत्री ..१
ऐ.ऐ. कार्यकारी कार्यक्रम उत्पादक (Executive Producer PROGRAMMING) तर्फका सुरज सिंह ठकुरी.......२,
ऐ. ऐ. का प्रमुख सम्पादक समाचार तथा समसामयीक (Editor-in-chief NEWS AND CURRENT AFFAIRS) प्रशान्त अर्याल समेत..३,
कान्तिपुर मिडिया ग्रुप थापाथली काठमाडौं का अध्यक्ष तथा प्रबन्ध निर्देशक (Chairman/Managing Director) कैलाश सिरोहिया...४ कान्तिपुर मिडिया ग्रुप थापाथली काठमाडौं का निर्देशक (Director) स्वस्तिका सिरोहिया..५
४. कसूर गर्ने ब्यक्तिको बाबु/आमाको नामः थाहा नभएको

५. कसूर गर्ने ब्यक्तिको हुलिया र परिचय खुल्ने अन्य विवरण: गहु गोरो रंगको, कान्तिपुर मिडिया ग्रुप र सो अन्तरगतका कान्तिपुर टेलिभिजनसँग आबद्ध रहेको ।

६. कसूर सम्बन्धी विवरण:

(क) कसूर भएको वा भइरहेको वा हुन लागेको स्थान, ठाउँ, मिति र समय: मिति २०७७।०३।१७ (१ जुन २०२०) मा समेत कान्तिपुर टेलिभिजनको आधिकारीक You tube ठेगानाको लिङ्कमा समेत

https://youtu.be/plpopwyuQuk?list=PLwUmS78P9jN2rLrgfiMUPIJjZL0kukfo-&t=15 प्रकासित-प्रसारित तथा upload भएको भिडियो सामाग्री

(ख) कसूरसँग सम्बन्धित घटनाको विवरण: उपरोक्त प्रकरण ३ मा उल्लेखित व्यक्तिहरुले प्रकरण ६(क) मा उल्लेखित लिङ्कमा प्रकासित प्रसारित सामाग्रीले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री साथै मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गर्ने कार्य गरेको छ । साथै मधेशी महिलालाई जिस्क्याउने, होच्चयाउने, अपमान गर्ने र साथै अमर्यादित कार्य गरेको र गर्न लगाई निजहरुले मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई ऐ. ऐनको दफा दफा ६५ को उपदफा (२) बमोजिम हदैसम्म सजाय गरि पाउँ।

(ग) कसूरको प्रकृति र कसूरसँग सम्बन्धित अन्य विवरण: सार्वजनिक हित, सामाजिक सदभाव र नैतिकता विरुद्धको कसुर गरेको ।

(घ) कसूरसँग सम्बन्धित सवुद प्रमाण: https://youtu.be/plpopwyuQuk?list=PLwUmS78P9jN2rLrgfiMUPIJjZL0kukfo-&t=15 मा समेत प्रकासित र प्रसारित सामाग्रीहरु

७. यो दरखास्तमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुठा व्यहोरा लेखेको ठहरे कानुन बमोजिम सहुँला बुझाउँला ।

प्रहरीद्वारा अनुसन्धान हुँदा वा अदालतमा मुद्दा चल्दाको बखत उपस्थित हुनु पर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछौ।

जाहेरी वा सूचना दिने ब्यक्तिहरुकोकोः

(१)नामः अशोक कुमार कुशवाहा सहीः–

(२)नामः............................................सहीः-

मितिः२०७७।०३।२३ गते मँगलबार

‘उपरोक्त प्रकरण ३ मा उल्लेखित व्यक्तिहरुले प्रकरण ६(क) मा उल्लेखित लिङ्कमा प्रकाशित प्रसारित सामाग्रीले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री साथै मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गर्ने कार्य गरेको छ,’ कसूरसँग सम्बन्धित घटनाको विवरणमा भनिएको छ– ‘साथै मधेशी महिलालाई जिस्क्याउने, होच्चयाउने, अपमान गर्ने र साथै अमर्यादित कार्य गरेको र गर्न लगाई निजहरुले मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई ऐ. ऐनको दफा दफा ६५ को उपदफा (२) बमोजिम हदैसम्म सजाय गरि पाउँ ।’

यता नागरिक समाजका अगुवा डा. शदर सिंह यादवले पनि कान्तिपुर टेलिभिजनमा प्रशारण भएको कार्यक्रम विरुद्ध प्रेस काउन्सिल र मधेशी आयोगमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन् ।

pressnepalडा. यादवले कान्तिपुर टेलिभिजनको कार्यक्रम whats the flop मार्फत सन्दीप क्षेत्रीले मधेशी समुदायमाथि प्रहार हुने गरि प्रसारण गरेको सामग्रीविरुद्ध प्रेस काउन्सिल र मधेशी आयोगमा कार्यक्रम प्रस्तोता, निर्माता तथा टेलिभिजनलाई हर्दसम्मको कारबाहीको माग गर्दै कार्यक्रम बन्द गर्नुपर्ने भन्दै उजरी दर्ता गरिएका हुन् ।

pressnepalnepal1प्रमाण स्वरुप https://youtu.be/plpopwyuQuk?list=PLwUmS78P9jN2rLrgfiMUPIJjZL0kukfo-&t=15  लिङ्क राखिएको छ । तर, अहिले यो भिडियो यूट्युवमा प्राइभेट गरिएको छ ।

girlll

 

प्रतिकृया दिनुहोस