विभिन्न मुलुकबाट ९ सय बढी नेपाली स्वदेश फर्किए

1593961759 nepali

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौँ आएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । सोही एयरलाइन्सले दोहाबाट १४८ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स आज राति दोहा र क्वालालम्पुर उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५४ र क्वालालम्पुरबाट १५१ यात्रुलाई नेपाल ल्याएको छ । आजै कतार एयरवेजले दोहाबाट १७७ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ यात्रुलाई नेपाल ल्याएको छ । उक्त एयरलाइन्स दमाम र कुवेतमा चार्टर्ड उडान गर्ने तालिका छ ।

बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ । त्यस्तै नेपाल एयरलाइन्सले क्वालालाम्पुर, रियाद, दोहा र दुबईबाट यात्रु ल्याउने छ ।

विभिन्न मुलुकबाट नेपालीको उद्धार उडानका लागि नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले चार्टर्ड उडान गरिरहेका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...