योगेश भट्टराईले यान्छीलाई भने, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो, मान्ने नमान्ने अधिकार हाम्रो हो’

Yogesh vattarai yanchi

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तीव्र विवाद भएका बेला विदेशी शक्तिहरुको पनि उत्तिकै चलखेल बढेको छ । खासगरी चिनियाँ राजदूत चिनियाँ राजदूत हो यान्छीको पछिल्लो सक्रियता निक्कै बढेको छ ।

नेकपाभित्रको विवाद तीव्र रुपमा बढेपछि यान्छी रातारात नेकपाका नेताहरुसँग भेटघाटमा लागेकी थिइन् । उनले नेकपाका सबै शीर्ष नेताहरुलाई भेटेर नेकपाभित्रको आन्तरिक द्धन्द्ध र सरकारका कामकाज बारे चासो राखेकी थइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कुनै पनि विदेशीको राजनीतिक तथा कुटनीतिक गतिविधिलाई सुन्न सकिने तर मान्ने नमान्ने अधिकार आफैमा भर पर्ने बताएका छन् ।

पछिल्लो समय नेकपाभित्र विवाद बढ्दै गएका बेला चिनियाँ राजदूतको सक्रियता बढेपछि आएका प्रतिक्रियाको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रश्नात्मक शैलीमा भट्टराइले ४ वटा प्रश्न गरेका छन् ।

नेपालमाथि नाकाबन्दी लगाएर हायल कायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ? सम्म भनेका छन् । सामाजिक सञ्जालमा उनले कसैको नाम उल्लेख नगरे पनि चिनियाँ राजदूत यान्छी केन्द्रित गरेका छन् ।

यस्तो छ भट्टराईको प्रश्न
१. संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ?

२. पहिलो र दोश्रो संबिधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरबिरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक ?

३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?

४. पार्टी/ पार्टी र पार्टीभित्रको अन्तरबिरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको सम्म्रिद्धीप्रति सद्धभाब राख्नु ठिक ?

कुनै पनि बिदेशी राजनीतिक तथा कुटनीतिक गतिबिधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुन्छ ।

कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो !

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...