भोलीदेखि यो वर्षकै सबैभन्दा धेरै पानी पर्ने : बाढी, पहिरो र डुबानको सम्भावना उच्च

Mausm news

काठमाडौं । बिहीबारदेखि चार दिनसम्म देशका विभिन्‍न स्थानमा वर्षकै धेरै पानी पर्ने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार २५ गतेदेखि २८ गतेसम्म यो वर्षकै सबैभन्दा बढी पानी पर्ने जनाएको छ । सबैभन्दा बढी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।


वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको छ ।’ गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विपद व्यवस्थापनमा उच्च सतर्क रहन अनुरोध गरेको हो ।

प्राधिकरणका अनुसार भारी वर्षाले बाढी, पहिरो र डुबानको सम्भावना उच्च रहेको छ । यसै पनि वर्षा जारी रहेकाले पहाडी भेगका भू–भाग गलिसकेका छन्, यस्ता ठाउँमा पहिरो जाने सम्भावना बढेर गएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी धनुषा, सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्लाका होचा ठाउँमा डुबानको सम्भाना बढी छ । कनकाई, कोशी, कमला, बागमती, नारायणी तथा त्यसका सहायक नदीमा बाढी बढेर खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

शुक्रबारदेखि आइतबारसम्म १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने नदीनालामा पानीको सतह बढेर बाढीको खतरा उच्च छ । ‘यी ठाउँका बासिन्दालाई सतर्क रहन विशेष आग्रह गरिन्छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।

यसलाई मध्यनजर गरी विपदमा खटिन संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू, विकास साझेदार, सरकारी(गैरसरकारी संस्था, निजी क्षेत्रलगायत सबैलाई प्राधिकरणले अनुरोध गरेको छ ।

हेर्नुहोस् प्राधिकरणको सूचना

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...