विदेशमा अलपत्र परेका नेपालीको उद्धार जारी, आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने

4922ba88422b25c6adbfc40798cf5546 w1000 h500 cp

काठमाडौँ । लकडाउनको कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार जारी रहेको छ । आज बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ११ वटा अन्तराष्ट्रिय उडान हुने भएको छ ।

खाडीका विभिन्न देश र मलेसियाबाट आज नेपाली स्वदेश ल्याउन लागिएको हो । यूएई र कतारको दोहाबाट नेपाली लिएर आएको जहाज बुधबार बिहानै काठमाडौंमा अवतरण भइसकेको छ।

आज कतारको दोहाबाट तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ। नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, र कतार एयरवेजका जहाजले आज नेपालीलाई ल्याउँदैछन्।

हिमालय एयरलाइन्स मलेसियाको क्लालाम्पुरबाट नेपाली लिएर फर्किंदैछ। आजै साउदी, यूएई, मलेसिया लगायतका देशबाट पनि अलपत्र नेपाली स्वदेश फर्कंने कार्यक्रम छ। अहिलेसम्म विदेशमा अलपत्र परेका २१ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किसकेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...