काभ्रेमा गाडी पल्टिँदा सहचालकको मृत्यु

Download

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका ४ शेरामा निसान गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेको नाला शेरातर्फ आउँदै गरेको बा १ क ९२३६ नम्बरको निसान गाडी दुर्घटनामा परेको हो।

ब्रेक फेल भई गाडी सडकमै पल्टिँदा भक्तपुरको सूर्यविनायक नगरपालिका ७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।
 

 
 


 

प्रतिकृया दिनुहोस