आइजिपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै

को बन्ला भावि आइजी ?

Cabinet meeting 1 30

काठमाडौँ । आइजिपी नियुक्तबारे छलफल गर्न आज (मंगलबार)अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे गृह मन्त्रालय स्रोतले जनाएको छ ।

‘मन्त्रिपरिषदको आज ४ बजे बैठक बस्दैछ । बैठकका अनेक एजेन्डामध्ये आइजिपी नियुक्त प्रमुख हुने सम्भावना छ रहेको स्रोतले निशान न्युजलाई भन्यो ‘आजै आइजिपी नियुक्ति हुने शतप्रशित ग्यारेन्टी नभए पनि सम्भावना भने प्रबल छ ।’प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् । नयाँ महानिरीक्षककोे दौडमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । वरिष्ठताको हिसाबले क्षेत्रीको सम्भावना प्रबल रहेको बताइएको छ ।

को बन्ला भावि आइजी ?
विगतमा केही समयदेखि डीआइजीबाट नै आइजी हँदै आएको परिस्थिति यसपटक भने छैन । डीआइजीबाट एकै पटक आइजी हुँदा बीचमा रहेको एआइजी पदको अनुभवले कति असर पर्छ देखियो। अनुभव कम हुँदा कमान्ड संचालनमा समस्या पनि देखियो । तर, यस पटक आइजी एआइजीबाट नै हुनेछन्, त्यसैले यस्तो समस्या कम हुने अपेक्षा गर्न सकिन्छ ।

गृह मन्त्रालयमा बसेको बैठकले डीआइजी तारिणीप्रसाद लम्साल, डीआइजी शैलेश थापा क्षेत्री र डीआइजी हरिबहादुर पाललाई गत फागुनको दोस्रो साता एआइजीमा बढुवाका गरेको थियो । एआइजी भएका लम्साल दुई जनाभन्दा सिनियिर हुन् । उनी हालका आइजी ज्ञवालीका व्याची हुन् । उनी तीस वर्षेसेवा अवधिका कारण असार २४ गतेबाट नै अवकाश पाउँदैछन् ।

डीआइजी पाल र क्षेत्री भने २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । एआइजी बढुवामा थापा तीन जनामध्ये दोस्रो नम्बरमा थिए । ६८ दशमलव ४०६ अंक प्राप्त गरेका थिए उनले । त्यस्तै, पालले भने ६७ दशमलव ५५३ नम्बर प्राप्त गरेका थिए ।

हाल अपराध अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका पालसँग यसअघि दुई नम्बर प्रदेशको प्रहरी प्रमुख भएर काम गरेको अनुभव छ । डीआइजीमा बढुवा भएपछि उनलाई दुई नम्बर प्रदेशको जिम्मेवारी सुम्पिएको थियो । यता क्षेत्रीले भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हालेका थिए। क्षेत्री शालिन, आर्थिक पारदर्शिता भएका प्रहरी अफिसरको रुपमा चिनिन्छन्। पाल एक्सन ओरिन्टेड अफिसर हुन् ।

सबैभन्दा राम्रो पक्षम अहिलेसम्म यी दुवै जना विगतमा झै महानिरीक्षकको लागि बाहिरी रुपमा नै देखिएर प्रतिस्पर्धामा उत्रिएका छैनन्। र, दुईमध्ये एक जना आइजी जो नियुक्त भए पनि सरकारको निर्णय नमान्ने भन्दै राजिनामा पत्र नै बुझाउने मनस्थितिमा पनि रहेको देखिन्न । त्यसैले त उनीहरु जो भए पनि मान्य हुने भन्दै स्वीकारिरहेका छन्। यी दुईमध्ये एकले झन्डै दुई वर्ष आइजीको कार्यकाल सम्हल्ने मौका पाउनेछन् ।

 

प्रतिकृया दिनुहोस