कोरोना संक्रमण समुदायमा पस्यो, ९४७ संक्रमितको‘ कन्ट्याक्ट ट्रेसिङ’ नै भएन

Corona 6

काठमाडौँ । कोरोना भाइरसको संक्रमण समुदायमा पनि भयावह रूपमा विस्तार हुने खतरा देखिएको छ । आइतबारसम्म देशभर देखिएका १५ हजार सात सय ८४ संक्रमितमध्ये नौ सय ४७ समुदायबाट देखिएका हुन्  । तर, उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको अहिलेसम्म खोजी नभएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार विभिन्न अध्ययन र परीक्षणबाट कुल संक्रमितको ६ प्रतिशत समुदायबाट देखिएका छन्  । १४ हजार आठ सय ३७ संक्रमित भने विदेशमै संक्रमित भएर फर्किएका र उनीहरूको सम्पर्कमा आएकाहरू रहेकोे उनको भनाइ छ । समुदायमा देखिएका संक्रमितहरूको सम्पर्कमा आएको व्यक्तिहरूको अहिलेसम्म पहिचान भएको छैन । यो निकै घातक हुन सक्ने चिकित्सकहरू बताउँछन्  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक संक्रमितको सम्पर्कमा रहेका औसत १३ जनाको कोरोना परीक्षण गर्नुपर्छ  । त्यस हिसाबले अहिलेसम्म समुदायमा देखिएका संक्रमितको सम्पर्कमा आएका १२ हजार तीन सय ११ जनाको नमुना संकलन गरेर परीक्षण गरिसक्नुपथ्र्यो । २४ घन्टाभित्र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्छ  । तर, अहिलेसम्म हुन सकेको छैन  । कोरोनाको लक्षण नदेखिएका कारण पनि संक्रमित पत्ता लगाउन समस्या भएको मन्त्रालयको भनाइ छ ।

सरकारले उपत्यकामा बल्ल समुदायबाट नमुना संकलन गर्ने तयारी गरेको छ  । महाशाखाका प्रमुख डा।वासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन, तिनकुने, कोटेश्वर, शंखमूल बुद्धनगर, मैतीदेवी, टोखा हरियालीबस्ती, खुसिबु, भक्तपुरको भोलासिंह, बोडे र ललितपुरको नख्खु, प्युटार क्षेत्रमा एक सयजनाको दरले नमुना संकलन गरिनेछ । उपत्यकाका चारजनामा समुदायबाट संक्रमण देखिएको छ । उनीहरूको सम्पर्कमा आएकाहरूलाई लक्षित गरी १२ सय नमुना संकलन गरिने पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...