मध्यरातमा के सन्देश बोकेर नेपाल निवास कोटेश्वर पुगिन् चिनियाँ राजदूत यान्छी ?

Leader

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत हो यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी छन् ।

पार्टींभित्र आन्तरिक कलह बढ्दै गएका बेला राजदूत यान्छीले नेपाल निवास कोटेश्वर पुगेर नेकपाको अन्तरपार्टी संघर्षमा विकसित घटनाक्रमका विषयमा केन्द्रित रहेको थियो ।

पार्टीमा के हुँदैछ, यसले कुन मोड लेलाजस्तो छ ? जस्ता जिज्ञासा चिनियाँ पक्षबाट राखिएको थियो । ‘तपाइँ सिनियर नेता र राम्रो कूटनीतिज्ञ पनि हुनुहुन्छ, आशा गरौं कम्युनिस्ट पार्टीको वर्तमानप्रति चिन्तित र भविष्यप्रति आशावान कसैको पनि मन दुख्ने छैन’ भनी राजदुतले नेपालसँग भनेकी थिइन् ।

यसअघि विवाद उत्कर्षमा पुग्दा राजदूत यान्छीले प्रधानमन्त्री केपी ओली, भोलिपल्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लगत्तै माधवकुमार नेपालसँग लामो वार्ता गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...