सयपत्री नेपाली सेवा समाजले दियो मोरङको सुन्दरहरैचामा राहत

Rahat morang

काठमाडौं । बेलायतमा बसोबास गर्ने नेपालीहरुको संस्था सयपत्री नेपाली सेवा समाज युकेले कोभिड –१९ बाट पीडित बनेका मोरङको सुन्दरहरैचामा ४० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ ।

नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा सुन्दरहरैचा नगरपालिका वडा नं. ६ का ४० घर बिपन्न परिवारलाई प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल, दुई पोका नुन र दुई थान साबुन बितरण गरिएको सयपत्री नेपाली सेवा समाजका अध्यक्ष दिलिप मोहराले बताए ।

एनआरएनए युकेका सचिव जित रानाभाटद्वारा जुममार्फत संचालित उक्त राहत बितरण कार्यक्रमका मोरङ –६ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद तथा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कोरोनाको संकटबिरुद्ध स्थानीय तहले संयमतापूर्वक काम गरिरहेको दावी गरे । उनले नेपाली समाजमा कोरोनाले पैदा गरेको आर्थिक, सामाजिक र मनोबैज्ञानिक संकटको बेला बेलायतमा रहेर पनि बिपन्न समुदायलाई राहत उपलब्ध गराएकोमा सयपत्री समाजलाई धन्यवाद दिए ।

राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीले कोरोनाको रोगबाट भन्दा पनि बाध्यतमक लकडाउनका कारण खाद्यान्न अभावले भोकबाट कोहि पनि नमरुन भन्ने पबित्र उदेश्यबाट प्रेरित भइ स्थानीय सरकारसँग सहकार्य गरी हालसम्म नेपालको १३ जिल्लाका ४ सय ८२ बिपन्न घर परिवारलाई एक महिना पुग्ने राहत उपलब्ध गराइएको बताए ।

कार्यक्रमका कन्जरभेटिभ पार्टी बेलायतका प्रतिनिधि कृष पिगोटले कोभिडको संकटविरुद्ध सिङ्गो बिश्व एकजुट हुनुपर्ने बताए ।

सो कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धनमाया तामाङ , वडाध्यक्ष जीवनकुमार राई, केदारप्रसाद गुरागाई, वडा सदस्यहरु टुनाकुमारी लकान्द्री (प्रमिला), रम्बिका माझी, कृष्णप्रसाद चापागाईं, डम्बर थापा मगर लगायतले राहत बितरणको सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा दलित बिकास समितिको कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बेलायतबाट गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष डोल मल्ल, चितवन परिवार युकेकी महासचिव निशा शर्मा, तमुधी युकेका सल्लाहकार धनकाजी गुरुङ, सयपत्री नेपाली सेवा समाजका सल्लाहकार उत्तर बर्देवा, उपाध्यक्ष चेत बर्देवा, महासचिव धनबहादुर परियार, सचिव रबिन परियार, कोषाध्यक्ष पर्त दर्जी, किशान परियार, योगेश घले, कार्यसमितिका सदस्यहरु लगायतले जुममार्फत सम्बोधन गरेका थिए ।

सयपत्री नेपाली सेवा समाज बेलायतबासी परियार बन्धुहरुको अगुवाइमा गठन गरिएको सामाजिक संगठन हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...