नेकपामा दौडधुप, ओली प्रचण्ड बिहान १० बजे भेट्दै

Oli prachanda

काठमाडौँ । नेकपाले १८ असारमा एक दिन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालका बीचमा निर्णायक छलफल गर्ने र २० गते स्थायी समिति बैठक बोलाउने गरी बैठक स्थगित भएका थियो । तर दुई अध्यक्षको छलफल निष्कर्षमा नपुगेपछि ओली र दाहाल(नेपाल पक्ष आ–आफनो रणनीतिमा लागेका थिए । दुवै पक्षका नेताहरू अडानमा पछि नहटेपछि आआफ्नो तयारीमा लागेका थिए ।

शुक्रबार ओली र दाहालबीच भएको छलफल निष्कर्षमा नपुगेपछि शनिबार थप छलफल गर्ने भने पनि हुन सकेन । ओली–दाहाल टेलिफोन संवाद भई थप दुई दिन स्थायी समितिको बैठक रोक्ने र छलफल गर्ने समझदारीपछि बैठक २२ असारसम्मलाई स्थगित गरिएको छ ।


शनिबार हुन नसकेको ओली दाहालको छलफल आज (आइतबार) बिहान १० बजे बालुवाटारमा बस्ने गरी तय भएको दाहालको निजी सचिवालयले जनाएको छ । शनिबार प्रधानमन्त्री ओलीले बिहान आफू निकट नेता र मन्त्रीहरूसँग छलफल गरेका थिए । ओलीले बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल गर्दै गर्दा दाहालले पनि आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेका थिए भनेर योे खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ। दिउँसो सचिवालयका ६ नेताबीच पनि खुमलटारमा छलफल भएको थियो । पार्टी एकता जोगाउने र त्यसका लागि प्रधानमन्त्रीसँग निर्णायक छलफल गरेर अगाडि जाने गरी छलफल भएको खुमलटारमा सहभागी एक नेताले बताए ।

तर उक्त छलफलमा स्थायी समितिको बैठक अब नरोक्ने र विधानअनुसार निर्णय प्रक्रियामा सहभागी हुने विषय उठेको थियो । प्रधानमन्त्री ओलीले पनि आफू निकटहरूसँग छलफल गरेर साँझ राष्ट्रपतिसँग भेट गरे । त्यसपछि मन्त्रीहरूलाई बोलाई राजनीतिक घटनाक्रममा बिफ्रिङ गरेका हुन्। मन्त्रीहरूको बिफ्रिङपछि पनि ओली निकट मन्त्रीहरू अबेरसम्म बालुवाटारमै थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...