पत्रकार टेकेन्द्र बस्यालमाथि भएको आक्रमणको चौतर्फी विरोध

Tekendra basyal

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल प्रदेश नम्बर ५ का उपाध्यक्ष एवं बाँके जिल्लाका पत्रकार टेकेन्द्र वस्यालमाथि भएको आक्रमणको चौतर्फी विरोध भएको छ ।

संघ प्रदेश उपाध्यक्ष बस्याललाई शुक्रबार रिपोर्टिङबाट फर्किदै गर्दा नेपालगञ्ज उपमहानगरपालिका—३ वडा प्रहरी कार्यालय नजिकै बस्यालमाथि आक्रमण भएको थियो ।

बस्याललाई कुटसपटमा संलग्न रहेका स्थानीय चाँदबाबु हलुवाई र आगम हलुवाईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उनीहरुले बस्याललाई समातेर क्यामेरा नियन्त्रणमा लिएर फुटाईदिएका छन् । सो घटनाको संघको केन्द्रिय समिति, प्रदेश समिति र जिल्ला समितिहरुले निन्दा गरेका छन् ।

सो घटनाले पत्रकारप्रति थप असुरक्षाको बोध गराएको संघका महासचिव लक्ष्मण दर्नालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘घटना, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरुद्ध छ । स्वतन्त्रूपर्वक समाचार संकलनको काममा अवरोध पुर्याए आक्रमण गर्नु प्रेस स्वतन्त्रता विरुद्धको हर्कत हो’ विज्ञपतीमा भनिएको छ, ‘समाचार संकलन गर्दा उनीमाथि सार्वजनिक दुव्र्यवहार भएको छ । यस निन्दनीय घटनाको राष्ट्रिय दलित पत्रकार संघ नेपाल घोर भत्सर्ना गर्दछ ।’

त्यसैगरी संघका प्रदेश नं. ५ ले विज्ञप्ती जारी गर्दै सो घटनाको निन्दा गरेको छ । प्रदेश नं. ५ का अध्यक्ष चिन्ता परियार र सचिव सञ्जय सौगातले शनिबार विज्ञप्ती जारी गर्दै सो घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।

जिल्ला शाखा सुर्खेतले पनि सो घटनाको छानविन गरी दोषीलाई कारवाही, पीडितलाई क्षतिपूर्ति र न्यायको माग गरेको छ । अध्यक्ष जगतदल जनाला विकले विज्ञप्ती जारी गर्दै पत्रकारमाथि भइरहेका अक्रमणका विरुद्ध खवरदारी गर्न सञ्चारजगत सबैलाई अपिल गरेको छ ।

प्रेस युनियन बाँकेले पनि सो घटनाको निन्दा गर्दै दोशीलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...