सहकारीमार्फत बेरोजगारी समस्याको सम्बोधन हुन्छ : मन्त्री अर्याल

Padma aryal

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड–१९ को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकूलन क्षमता सुदृढ गराउन सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय सहकारी महासङ्घले ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले कोभिड–१९ को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र नै सहकारी भएको बताइन् ।

उनले भनिन्, “यो विषम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई तथ्याङ्क दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानूनमा संशोधन गर्न तयार छ ।”

अर्थतन्त्रमा देखिएका गम्भीर चुनौतीको सामना गर्न, नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घरघरमा समृद्ध ल्याउन सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधनलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो औँल्याउँदै मन्त्री अर्यालले सहकारी अब एक क्षेत्रमा मात्र सीमित भएर नहुनेमा जोड दिएकी छन् । “जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यसम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानूनी अड्चन फुकाइन्छ”, उनले भनिन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...