७ बजे सबै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाए ओलीले, खास कारण के हुन सक्छ ?

Kp 0li 1

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मच्चिएको रडाकोले नेपालको राजनीतिक भविश्य नै अन्योल बनाइदिएको छ । २०५१ सालपछि पहिलोपटक पूरा कार्यकालका लागि सरकार चलाउने जिम्मा पाएको नेकपाभित्रको रडाको मच्चिदा सरकार नै धरापमा परेको छ ।

एकसता अघिदेखि जारव् स्थायी कमिटी बैठकमा अल्पमतमा परेपछि अध्यक्ष तथा प्रधानमन्त्रीले अनेकौं तिकडम गरिरहेका छन् । कतिपय अवस्थामा उनले दोस्रो पुस्ताका नेतालाई सत्ता हस्तानत्ररण गर्ने वहानामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतलाई रिङ्ग्याइरहेका छन् ।

पार्टीभित्र आन्तरिक विवाद चुलिका बेला प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । मन्त्रिपरिषद् बैठक नभनिए पनि सो बैठकमा राज्यमन्त्रीहरुलाई समेत बोलाएको छ । मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्रीहरु उपस्थित हुँदैनन् ।

आफ्नै पार्टी नेकपाका नेताहरुले राजीनामा मागिरहेको र पार्टी बैठकसमेत स्थगित भइरहेको बेला मन्त्रीहरुलाई बोलाइएको हो । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामाको माग उठिरेहका बेला आकस्मिक रुपमा सबै मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइनुलाई विषेश रुपमा हेरिएको छ ।

केही दिनयता अत्यन्तै दौढधुपमा व्यस्त प्रधानमन्त्री ओली केहीबेर अघि राष्ट्रपति निवास पुगेका छन् । दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुले स्थायी कमिटी बैठकमा राजीनामा मागेपछि प्रधानमन्त्री ओली बैठकमै जान छोडेका छन् । शनिबारका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...